पोखराका शैक्षिक संस्था तीन दिन बन्द हुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पोखराका शैक्षिक संस्था तीन दिन बन्द हुने


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलिदेखि तीन दिनका लागि बन्द हुने भएका छन् ।

आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगर प्रमुखको अध्यक्षतामा सरोकारवाला सहितको बैठकले महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षे-हिउँदे-स्थानीय बिदाबाट कट्टी हुने गरी २४ गतेदेखि २६ गतेसम्म  बिदा दिने निर्णय गरिएको महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिए।

विद्यार्थीहरूलाई सुरक्षित रूपमा घरमा बस्न र  अभिभावकलाई पनि सङ्क्रमणबाट बच्न सूचनामूलक सन्देश सम्प्रेषण गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस