प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

सिंहदरवारमा मङ्गलवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा उजुरी भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने छ ।

यसअघि साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस