अविरल वर्षासँगै आएको बाढी-पहिरोले बीपी राजमार्ग अवरुद्ध « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अविरल वर्षासँगै आएको बाढी-पहिरोले बीपी राजमार्ग अवरुद्ध


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । सोमवार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिकास्थित तालढुंगा क्षेत्रमा आएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

बाढीले खोलासँगैको सडक बगाएको छ । बाढीले सडक सडक बगाउँदा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको हो । 

वर्षासँगैको बाढीले काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ । बनेपाको पुलबजार क्षेत्र डुबानमा परेकाले अरनिको राजमार्गमा समेत सवारी आवागमनमा समस्या भएको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस