काठमाडौँको सामाखुसी, अनामनगर लगायतका क्षेत्र डुबानमा, ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँको सामाखुसी, अनामनगर लगायतका क्षेत्र डुबानमा, ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । गएराति देखि परेको अविरल वर्षाको कारण अनामनगरस्थित धोबीखोला र सामाखुसी आसपासको क्षेत्र डुबानमा परेको छ ।

सोमबार रातीबाट परेको भारी वर्षाको कारण मंगलबार बिहान अनामनगर क्षेत्र डुबानमा परेको हो । धोबीखोलामा पानीको सतह उच्च हुँदा वरिपरिका घरहरू पनि डुबानमा परेका छन् ।

यस्तै,सामाखुसी क्षेत्र पनि डुबानमा परेको छ । सामाखुसीमा विद्यालय,घर लगायतका क्षेत्र डुबानमा परेका हुन् । बागमती नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा पनि बाढी पसिसकेको छ ।

उपत्यकामा बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । नदी तथा खोलाको जल सतह बढ्ने क्रममै रहेकोले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ ।

त्यसैले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई मंगलबार बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस