२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँको सामाखुसी, अनामनगर लगायतका क्षेत्र डुबानमा, ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

अ+ अ-

काठमाडौँ । गएराति देखि परेको अविरल वर्षाको कारण अनामनगरस्थित धोबीखोला र सामाखुसी आसपासको क्षेत्र डुबानमा परेको छ ।

सोमबार रातीबाट परेको भारी वर्षाको कारण मंगलबार बिहान अनामनगर क्षेत्र डुबानमा परेको हो । धोबीखोलामा पानीको सतह उच्च हुँदा वरिपरिका घरहरू पनि डुबानमा परेका छन् ।

यस्तै,सामाखुसी क्षेत्र पनि डुबानमा परेको छ । सामाखुसीमा विद्यालय,घर लगायतका क्षेत्र डुबानमा परेका हुन् । बागमती नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा पनि बाढी पसिसकेको छ ।

उपत्यकामा बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । नदी तथा खोलाको जल सतह बढ्ने क्रममै रहेकोले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ ।

त्यसैले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई मंगलबार बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।