काठमाडौँ उपत्यकामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँ उपत्यकामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी र खोलाहरूमा बाढी आएको छ ।

बाढी पूर्वानुमान महाशाखाले बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भइरहेको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ ।

बाढीको सतह सतर्कताको तहसम्म पुगेकाले नदी तटीय क्षेत्रहरूमा बसोबास गर्ने र किनारको सडकबाट यात्रा गर्नेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस