प्रतिनिधिसभाको बैठक आज पनि बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्नेछ । 

 सोमबार अवरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा बैठक आजसम्मका लागि स्थगित भएको थियो  । 

सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका शीर्ष नेताहरूका बीचमा दिनभर भएको छलफलमा सहमति हुन नसकेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको हो। 

अवरोध हटाउन आज पनि शीर्ष नेताबीच बालुवाटारमा छलफल हुनेछ। बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुनेछ। 

सोमबार सभामुख घिमिरेले आफ्नै कार्यकक्ष सिंहदरवारमा गरेको छलफलमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनका विषयमा दलहरू आ-आफ्ना अडानबाट पछि नहट्दा सहमति जुट्न सकेको थिएन।

Tags :
प्रतिक्रिया दिनुहोस