सीटीईभीटीका २२८ शिक्षण संस्था बन्द, ७ हजार बढी शिक्षक तथा कर्मचारीको रोजगारी गुम्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सीटीईभीटीका २२८ शिक्षण संस्था बन्द, ७ हजार बढी शिक्षक तथा कर्मचारीको रोजगारी गुम्यो


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ। चिकित्सा शिक्षा आयोग गठन भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालनमा रहेका २२८ वटा शिक्षण संस्था बन्द भएको छ । चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी शिक्षण संस्था बन्द हुँदा विद्यार्थी, शिक्षक, कर्मचारी, सञ्चालक समस्यामा परेको बताए ।

चिकित्सा शिक्षा आयोग गठन भएदेखि हालसम्म प्रि-डिप्लोमा तहका स्वास्थ्य विषयका १३७ वटा, डिप्लोमा तहका (स्टाफ नर्स) ७३ वटा, स्नातक तहका बीएनका १० वटा र बीएस्सी नर्सिङका ८ गरी २२८ वटा शिक्षण संस्था बन्द भएका हुन् ।

चिकित्सा शिक्षा ऐन २०७५ ले विद्यार्थीको पढाई र अभ्यासको लागि मेडिकलतर्फ कम्तीमा तीन सय तथा डेण्टल र नर्सिङतर्फ एक सय शय्याको अस्पताल अनिवार्य सञ्चालन हुनुपर्ने व्यवस्था गरेको छ । चिकित्सा शिक्षा आयोगले ऐनले तोकेको मापदण्ड नपुगेका शिक्षण संस्था बन्द गराएको हो ।

चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समितिले ऐनको व्यवस्था व्यवस्था देखाउँदै आयोगले प्रमाण पत्र तहको नर्सिङ कलेजहरूलाई मात्रै अंकुश लगाएको बताएको छ । 

शैक्षिक संस्था बन्द हुँदा १५ अर्ब डुबेको सञ्चालकहरूले दाबी गरेका छन् । शैक्षिक संस्था बन्दा हुँदा ७ हजार ५५ जना शिक्षक तथा कर्मचारीहरूको रोजगारी गुमेको उनीहरुको दाबी छ । ।

Tags :
प्रतिक्रिया दिनुहोस