सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित शीर्ष नेताबीच छलफल जारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित शीर्ष नेताबीच छलफल जारी


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । संसदको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले शीर्ष नेतासँग छलफल गरिरहेका छन्।

सभामुखको कार्यकक्ष सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरु भएको हो।

सदनको अवरोध हटाउन र संसदीय समितिका सभापतिको निर्वाचनबारे छलफल गर्न शीर्ष नेताहरूलाई बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवरोध गरेको थियो । त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस