२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रूपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-३ स्थायी घर भएको सतेन्द्र अधिकारी भन्ने सत्यन्द्रप्रसाद यादव रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका यादवले आफूलाई वीर अस्पतालको डा. तथा नेपाल सरकार गृह मन्त्रालयको कर्मचारी रहेको भनी जाहेरवालालाई वीर अस्पतालमा जागिरसमेत लगाइ दिन्छु र निजको आफन्तलाई वैदेशिक रोजगारको लागि क्यानडा इजरायल लगायतका देशमा सरकारी कोटामा पठाइ दिने भन्दै विभिन्न व्यक्तिका राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र लागि विभिन्न प्रलोभन र प्रभावमा पारी रु ३० लाख ५५ हजार लिई ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा निजलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो ।

यसैगरी निजले विकास पाण्डे नाम गरेको व्यक्तिको मोटरसाइकलको बिलवुकमा आफ्नो फोटो टाँसी किर्ते गरेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका सतेन्द्रप्रसाद अधिकारी भन्ने सत्यन्द्र यादवलाई ठगी सम्बन्धी कसुर र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए । 

त्यस्तै सर्वोच्च अदालतका न्यायाधीश नहकूल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रहरी नायब निरीक्षक प्रभाकार खड्काको पेस्तोल चोरी गरी पक्राउ परेका दुई जनाको आज प्रहरीले अदालतबाट म्याद थप गरेको छ ।

उक्त प्रकरणमा सिन्धुपाल्चोक बारबिसे-३ का २१ वर्षीय वासुदेव थामी र सिन्धुली गोलान्जोर-४ का २७ वर्षीय मेगबहादुर तामाङलाई शुक्रबार साँझ पक्राउ गरी आज थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका थामी र तामाङलाई आज जिल्ला अदालतबाट म्याद थप गरी उक्त घटनाका विषयमा थप आवश्यक अनुसन्धान भइरहेको छ । चोरी गरिएको पेस्तोल तथा त्यसमा लाग्ने सात राउण्ड गोलीसहित म्यागेजिन बौद्धको साघुँ नजिकैबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

क्यानडा पठाइ दिन्छु भनी ठगी गर्ने महिला पक्राउ 

क्यानडा पठाइ दिने भन्दै रकम ठगी गर्ने एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका-६ घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-३ बस्ने २७ वर्षीया फुलमाया जिरेल रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उहाँका अनुसार निजले नवराज घिमिरेलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइ दिने तथा त्यसको लागि रु. १० लाख लाग्ने र क्यानडा पुगेपछि प्रतिष्ठित होटेलमा काम लगाइ दिने र मासिक रु एक लाख तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी निज पीडितबाट पटक-पटक गरी जम्मा रु तीन लाख ७४ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा मीन भवनबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकी निज जिरेललाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस