काठमाडौँ । जनमत पार्टीले अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी अभियान चलाउने भएको छ ।
२०८४ को निर्वाचनपछि राउतलाई प्रधानमन्त्री बनाउने लक्ष्यसहित मिसन ८४ अभियान चलाउने भएको हो ।
बिहीबार बसेको केन्द्रीय समिति, सचिवालय, राज्यसमिति, केन्द्रीय कार्यकारिणी गरी चारवटै समितिको संयुक्त बैठकले २०८४ को निर्वाचनलक्षित अभियान चलाउने निर्णय गरिएको पार्टीले जनाएको छ ।