रेमिट टु नेपाल मार्फत पठाएको पैसा अव ‘सजिलो पे’ वालेटबाट पाइने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रेमिट टु नेपाल मार्फत पठाएको पैसा अव ‘सजिलो पे’ वालेटबाट पाइने


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नेपालमा रेमिट्यान्स सेवा दिँदै आएको रेमिट टु नेपाल मार्फत पठाएको पैसा अव सजिलो पे मोबाइल वालेटबाट झिक्न सकिने भएको छ ।

बुधवार रेमिट टु नेपालका जनरल म्यानेजर सन्तोष भेटुवाल र सजिलो पे पेमेन्ट सर्भिसेस प्रा.लि.की प्रमुख कार्यकारी अधिकृत रस्मिना रञ्जितले दुवै कम्पनी विच रेमिट सेवा उपलब्ध गराउने बारेको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतापछि रेमिट टु नेपालमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स)को भुक्तानी सजिलो पे एप मार्फत पाउनेछन् । खाडी मुलुक, त्यस्तै जापान र युरोपबाट रेमिट्यान्स कारोबार अझै सहज हुने रेमिट टु नेपालले बताएको छ ।

भेटुवालले छिटो र सुरक्षित रेमिट्यान्स सेवा उपलब्ध गराउने आफ्नो योजनामा सजिलो पे वालेटसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले रेमिट्यान्स सेवा झन् सजिलो हुने विश्वास व्यक्त गरे । छिटो र सुरक्षित रेमिट्यान्स सेवा अहिलेको आवश्यकता हो । यसमा सजिलो पे ले झन् सजिलो बनाउने छ,’ उनले भने ।

त्यस्तै, सजिलो पे ले सहज भुक्तानीमा काम गर्दै आएकोले रेमिट टु लगायत नेपालसंगको सहकार्यले रेमिट्यान्स भुक्तानीमा अझै सहज हुने रञ्जितले बताइन् । ’यसले विदेशमा रहेका नेपालीले पठाएको पैसा सिधै पाउने ब्याक्तिको हात हातमा पुग्ने भएकाले आफ्ना प्रयोगकर्तालाई झनै सहज हुनेछ,’ उनले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस