डेंगु सङ्क्रमितको सहयोगमा जुट्न कार्यकर्तालाई काँग्रेसको निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डेंगु सङ्क्रमितको सहयोगमा जुट्न कार्यकर्तालाई काँग्रेसको निर्देशन


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले डेंगु रोगको महामारीबाट पीडितको सहयोगमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न स्थानीय नेता तथा पार्टी सदस्यलाई आह्वान गरेको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति निकालेर महामारी नियन्त्रणका लागि दिगो र प्रभावकारी समाधान खोजी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । डेंगु रोग मुख्यतः कोशी प्रदेशमा फैलिएको छ ।

धरानमा रोगको संक्रमण बढेको छ । बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ साथै, सेवामा जुटेका स्थानीय सरकार, स्वास्थ्यसँग सम्बद्ध सङ्घ संस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारीपूर्वक कार्य गर्न काँग्रेसले अपिल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस