सेनामा जागिर लगाई दिने भन्दै ठगी गर्ने पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सेनामा जागिर लगाई दिने भन्दै ठगी गर्ने पक्राउ


१७ श्रावण २०८०, बुधबार


पक्राउ

काठमाडौँ । नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

ठगी आरोपमा दार्चुलाको महाकाली नगरपालिका-३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय बिशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ का ३४ वर्षीय शङ्कर भुललाई पक्राउ गरिएको दार्चुला प्रहरीले जनाएको छ ।

उनीहरूले सेनामा जागिर लगाई दिने भन्दै सात जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको पाइएको छ ।

पक्राउ परेका नरेन्द्रसिंह महरले आफू सेनामा जागिर खाइरहेको र देवीदल गण अत्तरियामा कार्यरत रहेको बताउँदै सेनामा जागिर लगाई दिने आश देखाएर ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस