‘सरकार छोडिन्छ तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘सरकार छोडिन्छ तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न’


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन झन् मजबुत हुँदै गएको तर राम्रो काम गरेबापत घेराबन्दी भने जारी रहेको ब्रिफिङ पार्टीको केन्द्रीय कमिटी बैठकमा गरेका छन् ।

प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका दाहालले प्रतिवेदन पेस गर्दै पछिल्लो घटनाक्रमबारे बोलेका हुन् ।‘गठबन्धन बलियो हुँदै गएको छ‚’ उनले भने, ‘सरकारले राम्रो काम गर्दै गएको हुनाले घेराबन्दी भने जारी छ ।’

उनले समाजवादी मोर्चा बनेको र त्यसले पनि काम गर्नका लागि झन् सहज भएको बताए । उनले भ्रष्टाचार र सुशासनको अभियान सरकारले चलाइरहेकाले यो अभियान नरोकिने उल्लेख गरे । ‘छोड्न परे तयार छौँ तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न, रोकिन्न ।’

Tags :
प्रतिक्रिया दिनुहोस