माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने


१७ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ ।

बुधबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।

पार्टीभित्रकै नेताहरूको दबाबका कारण बैठक लाइभ नगर्ने निर्णय भएकाे एक नेताले जानकारी दिए।

यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो । केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरु हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस