७ करोड रुपैयाँ अकुत आर्जनको मुद्दामा निर्देशक विष्टले पाए सफाइ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

७ करोड रुपैयाँ अकुत आर्जनको मुद्दामा निर्देशक विष्टले पाए सफाइ


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । झण्डै ७ करोड रुपैयाँ अकुत आर्जन गरेको मुद्दा लागेका कर्मचारीले सफाइ पाएका छन्।

विशेष अदालत काठमाडौँले सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टलाई मङ्गलवार सफाई दिएको हो ।

विशेषले गैरकानुनी सम्पत्ति आर्जन नगरेको ठहर गरेको छ। अख्तियारले विष्टको ३२ ठाउँमा घर जग्गा भएको प्रमाणसहित मुद्दा हालेको थियो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश बलभद्र बास्तोलाले विष्ट र उनकी श्रीमती रुबी जिसीलाई अकुत आर्जनमा सफाइ दिएको हो।

आयोगले २१ पुस २०७८ मा विष्ट दम्पत्तिविरुद्ध मुद्दा चलाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस