रास्वपाद्वारा लम्पी स्किनको महामारीबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रास्वपाद्वारा लम्पी स्किनको महामारीबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले लम्पी स्किन रोगको महामारीबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । 

लम्पी स्किन रोगबाट कति पशुचौपाया प्रभावित भएका छन् भन्ने यकिन गरी खोपको व्यवस्था गर्नुपर्ने आवश्यकता प्रस्तावमा औँल्याउँदै मङ्गलवार संघीय संसद् सचिवालयमा सो प्रस्ताव दर्ता गराइएको हो । 

रास्वपाले लम्पी स्किन रोगबाट मरेका पशु चौपायाको क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस