सुदूरपश्चिममा आरआईटी पुनः गठन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिममा आरआईटी पुनः गठन


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) पुनः गठन गरेको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी भरतबहादुर बोहराले वरिष्ठ नायब निरीक्षक डेनीबहादुर स्वाँरको नेतृत्वमा १० सदस्यीय अनुसन्धान समूह गठन गरेका हुन् ।

समूहमा प्रहरी सहायक निरीक्षकद्वय दीपेन्द्र किमाडी र अनिलकुमार विष्ट, प्रहरी हवलदार शंकरसिंह कार्की, नरेशराज भण्डारी, प्रहरी सहायक हवलदार तेजबहादुर बोहरा, भरत सिंह, रञ्जित साउद र प्रहरी जवान कुमेन्द्रकुमार थापा र सुशील अवस्थी रहेका छन् ।

डिआइजी बोहराले अपराध अनुसन्धानमा दख्खल राख्ने र अनुभवी प्रहरी कर्मचारी भन्दा आफू अनुकूल प्रयोग गर्न मिल्ने व्यक्तिलाई आरआईटीमा राखिएको भन्दै आलोचना भएको छ । अझ प्रहरी सङ्गठनभित्र क्षेत्रीयता र भेगीय पक्षधरता देखाएको आरोप पनि लागेको छ । आरआईटीको नेतृत्वमा छनोट भएका स्वाँर अछामकै भएका कारण पनि बोहरामाथि यस्तो आरोप लागेको हो ।

सुदूरपश्चिममा २०७० सालमा पहिलो पटक आरआईटी गठन गरिएको थियो । आरआइटीले लागुऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ, जघन्य अपराधको अनुसन्धानको क्षेत्रमा राम्रो काम गरिरहेको भन्दै बेलाबखत पुरस्कृत हुँदै आएको पनि थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस