प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।

सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले अवरोध गर्दै आइरहेको थियो । आज एमालेले नियमावली बमोजिमको आकस्मिक समयमा अवरोध नगर्ने, गृहमन्त्रीको जवाफ आइसकेपछि प्रतिक्रिया जनाउने सहमति भएको थियो ।

तर, सत्तारुढ दलका प्रतिनिधि संसद सूचना टाँसेर स्थगित गरौँ भनेर सभामुखलाई आग्रह गरेका थियो। हिजो पनि एमालेले छानबिन समिति बनाउनुपर्ने र गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने भन्दै सदन अवरोध गर्ने भएपछि बस्दै नबसी आजलाई सारिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस