राप्रपा नेपाल र जन आन्दोलन मोर्चाबीच एकीकरण हुँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राप्रपा नेपाल र जन आन्दोलन मोर्चाबीच एकीकरण हुँदै


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल स्थापना गरेका कमल थापा पार्टी संगठन विस्तारमा सक्रिय भएका छन् ।

राप्रपा पार्टी अध्यक्षमा पराजित भएपछि अलगै दल गठन गरेका थापाले संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चासँग पार्टी एकता गरेका हुन् ।

मोर्चासँग पार्टीका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेका थापाले आज (मंगलबार) दिउँसो २बजे सभागृहमा कार्यक्रम गर्दै छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले दुई पार्टीबीच एकीकरण घोषणा कार्यक्रम दिउँसो २ बजे राखिएको जानकारी दिए ।

गत आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकतासम्बन्धी सहमति र भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस