मौद्रिक नीतिले सूचना प्रविधिको क्षेत्रलाई प्रोत्साहन गरेको छ : गभर्नर अधिकारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मौद्रिक नीतिले सूचना प्रविधिको क्षेत्रलाई प्रोत्साहन गरेको छ : गभर्नर अधिकारी


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको प्रयोग बढाउँदै लैजानु आवश्यक रहेको बताएका छन् ।

नेपालमा सूचना प्रविधि क्षेत्रको विकासका राष्ट्रिय आयाम विषयक सम्मेलनमा उनले, मौद्रिक नीतिले समेत सूचना प्रविधिमा आधारित व्यापारलाई प्रोत्साहन गरेको दाबी गरे ।

विशेषतः विदेशबाट रेमिट्यान्स प्राप्त गर्ने गरी क्रस बोर्डर भुक्तानीलाई व्यवस्थित गर्न लागिएको बताउँदै उनले बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको क्षेत्रमा ठुलो लगानी गरेको बताए । उनले भने ‘मौद्रिक नीतिले पनि वैदेशिक मुद्रा भित्र्याउन सहजीकरण गर्ने गरी सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ । ’

अनलाइन व्यापार र अनलाइन पेमेन्टलाई प्रोत्साहन गरिँदा नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुग्ने उनको विश्वास छ ।

सिलिकन भ्याली र भारतको बैंलोरलाई हेरेर पनि विश्वमा डिजिटल क्षेत्रको महत्त्व र योगदान कति भन्ने थाहा हुने भन्दै गभर्नर अधिकारीले नेपालले पनि डिजिटल क्षेत्रको विकासमा थप काम गर्नु आवश्यक भएको औँल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस