काठमाडौँ महानगरको डोजर रोक्न राप्रपाका नेताहरुले सडकमा गाडी तेर्साए « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ महानगरको डोजर रोक्न राप्रपाका नेताहरुले सडकमा गाडी तेर्साए


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी गरिरहेको छ ।

सोमबार महानगरले कार्यालय भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको भन्दै महानगरले हटाउन लागेको हो । यस्तै भवनको नक्सा पास पनि नरहेको महानगरले जनाएको छ ।

महानगरले राप्रपालाई गत शुक्रबार नै समय दिएको थियो । तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको हो ।

महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरू कार्यालय पुगेर सडकमा गाडी राखेर अवरोध गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस