कृषि क्षेत्रलाई व्यवस्थित बनाउन ऐन ल्याउँदै सरकार « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

कृषि क्षेत्रलाई व्यवस्थित बनाउन ऐन ल्याउँदै सरकार


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार पारेकाले सरोकारवालाहरूसँगको सुझाव लिएर चाँडै संसदमा पेस गर्ने बताएका हुन्।

उनले कृषि क्षेत्र नेपालीहरूको जीवन पद्धतिसँग जोडिएकाले नीति, नियम, कानूनअनुसार व्यवस्थित बनाउने र सरकारले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने आवश्यकता रहेको बताए।

मन्त्री भुसालले जीवन पद्धतिसँग कृषि जोडिए पनि अहिलेसम्म कृषि ऐन नबन्नु लाजमर्दो कुरा भएको बताए। उनले कृषि नीतिले मात्रै सबै कुरा गर्न नसक्ने भएकाले कृषि क्षेत्र कानुनअनुसार चल्नको लागि कृषि ऐन आवश्यक रहेको बताए।

उनले कानुनी राज्यमा कानुनविहीन रूपमा नभएर कृषि क्षेत्र पनि कानून अनुसार चल्नुपर्ने बताए।

उनले भने, ‘हामीले कृषिलाई जीवन पद्धति मानेका छौँ। जीवन पद्धति मानेर नै यो पद्धतिसँग जोडिएको विषयलाई नियम कानूनसम्मत, व्यवस्थित बनाउने र सरकारले पूरा गर्नुपर्ने दायित्व कसरी पूरा गर्ने भन्नको लागि सरकारले कृषि ऐन २०८० बनाउन खाजेको हो। यो लाजमर्दो कुरा हो। कृषिलाई हामी जीवन पद्धति भन्छौँ त्यो विषयलाई सञ्चालन गर्ने कुनै निर्देशक नीति छैन। कृषि नीति बनाएका छौँ भनेर भएन। कानूनी राज्यमा निर्देशन गर्ने नीतिले नभएर कानूनले हो। कानूनले हरेक क्षेत्र कानूनअनुसार चल्न भनेको छ। त्यसैले कृषि क्षेत्र पनि कानूनअनुसार चल्नुपर्छ। कानुनविहीन तरिकाले चलेर हुँदैन।’

Tags :
प्रतिक्रिया दिनुहोस