राष्ट्रिय परिचयपत्र वितरण गर्दै लमजुङ प्रशासन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय परिचयपत्र वितरण गर्दै लमजुङ प्रशासन


१४ श्रावण २०८०, आइतबार


राष्ट्रिय परिचयपत्र

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय लमजुङले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ। ०७७ साउन १ गतेदेखि लमजुङमा राष्ट्रिय परिचयपत्रको फारम भर्न थालिए पनि तीन वर्षपछि मात्रै बुधबारबाट वितरण गर्न थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार २०७७ सालमा आवेदन दिएका २ हजार ४८७ जनाको परिचयपत्र बनेर आएको बताए।

कार्यालयबाट परिचयपत्रका लागि आवेदन दिएका र परिचयपत्र तयार भइसकेका सेवाग्राहीको मोबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएको छ। यसका आधारमा सेवाग्राहीहरूले कार्यालयमा गएर परिचयपत्र लिन सक्ने प्रजिअ अधिकारीले बताए ।

लमजुङ जिल्लाबाट २०८० साउन १० गतेसम्म १ लाख ३५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस