२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय महावाणिज्य दूतावासद्वारा विशेष सप्ताह आयोजना

अ+ अ-

काठमाडौँ। भारतको महावाणिज्य दूतावास, वीरगञ्जले ‘मिसन लाइफ’अन्तर्गत विशेष सप्ताह सम्पन्न गरेको छ । मसिन लाइफअन्तर्गत कूल सात सत्रहरू सञ्चालन गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

सो अवसरमा महावाणिज्यदूत नितेश कुमारले मिसन लाइफ भारतको नेतृत्वमा रहेको एक विश्व्यापी ढाँचा भएको बताए । उनले पर्यावरणको संरक्षण एवं प्रवद्र्धन गर्न व्यक्तिगत तथा सामुदायिक कार्यलाई टेवा पुर्‍याउँदै दिगो भविष्य निर्माण गर्न यसको डिजाइन गरिएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२१ ग्लास्गोमा भएको २६औँ राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) मा विश्वलाई मिसन लाइफका बारेमा जानकारी दिएका थिए । यसअन्तर्गत वाणिज्य दूतावासले जुन २०, २०२३ मा आफ्नो परिसरभित्र ‘स्वास्थ्य लाइफस्टाइल’ मा प्यानल छलफल आयोजना गरेको थियो ।

उक्त छलफलमा डा निरजकुमार सिंह, डा सुचित कुमार शर्माले स्वस्थ जीवनका लागि आफ्नो जीवनशैलीलाई कसरी परिमार्जन गर्न सकिन्छ भन्ने विषयमा विचार प्रस्तुत गरेका थिए ।

यसैगरी जुलाई २१ मा विजय कुशवाहाले ई–वेस्टको उचित व्यवस्थापन नगर्दा हुने खतराका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । साथै उनले विद्युतीय सामग्रीलाई छिटोभन्दा छिटो बदल्नुको सट्टा लामो समयसम्म प्रयोग गर्न आग्रह गरेका थिए ।

जुलाई २४ मा रणजितकुमार सिंह र जयप्रकाश खेतानले प्लाष्टिकको एकल प्रयोगलाई व्यावहारिकरूपमा कम गर्ने सन्दर्भमा विचार प्रस्तुत गरेका थिए । जुलाई २५ मा आयोजित कार्यक्रममा महेश अग्रवालले दिगो खाद्य प्रणालीका बारेमा धारणा प्रस्तुत गर्दै स्वस्थ खानाका फाइदाबारे प्रकाश पारेका थिए । सोही क्रममा उनले स्वास्थ्यका लागि कोदोको प्रयोगका फाइदबारे चर्चा गरेका थिए ।

जुलाई २६ मा भएको ‘फोहर न्यूनीकरण अभिमुखीकरण कार्यक्रम’मा सरफुद्दिन मियाँ र महेश अग्रवालले फोहोर कम गरी वातावरण स्वच्छ र सुन्दर बनाउन थप रुख रोप्नुपर्नेमा जोड दिएका थिए । जुलाई २७ मा गोविन्द गुप्ता र प्रियांशु गुप्ताले ऊर्जा बचत सत्रमा ऊर्जाको उपयोगलाई कसरी किफायती बनाउन सकिन्छ भनी व्याख्या गरेका थिए ।

विशेष सप्ताहको अन्तिममा वाणिज्य दूतावास परिसरमा आयोजना गरिएको फोहर बचत सत्रमा नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरन महर्जन र चार्टर्ड एकाउन्टेन्ट प्रियङ्का रौनियारले पानी खेर फाल्दा कसरी पानीको सङ्कट निम्त्याउँछ भन्नेबारेमा जानकारी गराएका थिए ।