विशेषज्ञ डाक्टरहरूको लाइसेन्स परीक्षामा ५२ प्रतिशत चिकित्सक फेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विशेषज्ञ डाक्टरहरूको लाइसेन्स परीक्षामा ५२ प्रतिशत चिकित्सक फेल


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । विशेषज्ञ डाक्टरहरूको लाइसेन्स परीक्षा (विशेष परीक्षा) मा ५२ प्रतिशत चिकित्सक फेल भएका छन् । नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको परीक्षामा ४८ प्रतिशत चिकित्सक मात्रै पास भएका हुन् ।

काउन्सिलका अनुसार परीक्षा दिनका लागि कुल २१२ जनाले फारम भरेका थिए । शुक्रबारको परीक्षामा २०९ जनाले मात्रै सहभागिता जनाएका थिए ।

जसमध्ये १०१ अर्थात् ४८.३३ प्रतिशत पास र १०३ अर्थात् ५१.६७ प्रतिशत चिकित्सक फेल भएका हुन् ।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ संस्थानको हलमा भएको परीक्षा शुक्रबार दिउँसो २ देखि ४ बजेसम्म चलेको थियो । परीक्षामा विभिन्न ३४ विषयका विशेषज्ञ डाक्टरहरूले सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस