आजदेखि २० वटा सरकारी कार्यालयले दिने सेवा बन्द « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आजदेखि २० वटा सरकारी कार्यालयले दिने सेवा बन्द


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । पशु सेवा विभाग अन्तर्गतका २० वटा सरकारी कार्यालयले दिने सेवा आजदेखि प्रभावित भएको छ ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयमा हिजो (बिहीबार) बसेको सचिवस्तरीय बैठकले बजेट अभावका कारण सेवा दिन नसक्ने निर्णय गरेको हो । 

ती कार्यालयमा कार्यरत ३ सय ५० भन्दा बढी सरकारी कर्मचारी कामविहीन भएका छन् ।

तत्काललाई ८ वटा पशु क्वारेनटाइन, केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, ५ पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, केन्द्रीय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, सार्क क्षेत्रीय सहयोग इकाई कार्यालय बजेट अभावमा सेवा दिन नसक्ने अवस्थामा पुगेका हुन् ।

त्यसैगरी खोरेत तथा सिमाविहीन रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला र राष्ट्रिय पशुपंछी रोग अन्वेषण प्रयोगशालाहरूको सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

ती कार्यालयहरूको सेवा बन्द बन्द गरिँदा नेपालमा उत्पादन भइरहेका १३ प्रकारको खोपको उत्पादनसमेत प्रभावित हुने र करोडौँको खोप खेर जाने सम्बन्धित कार्यालयका कर्मचारीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस