विश्व शान्ति स्थापनामा नेपालले पुर्‍याएको योगदानबारे राष्ट्रसंघ सकारात्मक : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विश्व शान्ति स्थापनामा नेपालले पुर्‍याएको योगदानबारे राष्ट्रसंघ सकारात्मक : प्रधानमन्त्री प्रचण्ड


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गट्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

शुक्रबार बिहान इटालीको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल भ्रमणका लागि आफूले दिएको निम्तो गट्रेसले सहर्ष स्वीकार गरेको बताए ।

गट्रेससँग विश्व शान्ति स्थापनामा नेपालले पुर्‍याएको योगदानको बारेमा गहन छलफल भएको पनि दाहालले जानकारी दिए ।

उनले भने ‘ औपचारिक कार्यक्रमको अतिरिक्त सम्मेलनका दौरानमा अत्यन्त्य महत्त्वपूर्ण साइडलाइन भेटवार्ता र संवादहरू भए, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गट्रेस भएको भेटघाट तथा छलफल यहाँहरूलाई अवगत गराउन चाहन्छु । सो अवसरमा संयुक्त राष्ट्रसंघ र नेपालबीचको सहकार्य तथा सहयोग, विश्व शान्ति स्थापनामा नेपालले पुर्‍याएको योगदान,बहुपक्षीय विषय र जलवायु परिवर्तनले पारेको प्रभावसहित गरिबी निवारण तथा खाद्य सुरक्षा जस्ता विषयमा छलफल भएको थियो ।

उक्त अवसरमा मैले उहाँलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्नका लागि निमन्त्रणा समेत गरेको छु । र, सो निमन्त्रणालाई उहाँले सहर्ष स्वीकार गर्नु भएको छ । उहाँ नेपाल प्रति चासोका साथ जानकारी राख्ने शुभचिन्तक रहेको बारे यहाँहरूलाई जानकारी नै छ । ’

Tags :
प्रतिक्रिया दिनुहोस