बागी उम्मेदवार बनेर जितेका एक दर्जन काँग्रेस नेताको कारबाही फुकुवा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बागी उम्मेदवार बनेर जितेका एक दर्जन काँग्रेस नेताको कारबाही फुकुवा


१० श्रावण २०८०, बुधबार


Congress

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह र सङ्घ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका विभिन्न नेता कार्यकर्तामाथिको कारबाही फुकुवा गरेको छ ।

केन्द्रीय कार्य समितिको बुधबार सम्पन्न जनकपुरधाम र बर्दिबास नगरपालिकाका मेयरसहितका व्यक्तिहरूको कारबाही फुकुवा गरेको हो ।

कारबाही फुकुवा भएकाहरूमा देवेन्द्र शाही (प्रदेशसभा सदस्य जुम्ला), जोगीलाल राय (प्रदेशसभा सदस्य सर्लाही), नवराज शाही (दैलेख जिजस प्रमुख), राजुसिंह कठायत (जुम्ला) मनोजकुमार साह (मेयर जनकपुरधाम), प्रल्हादकुमार क्षेत्री (मेयर बर्दिबास), तारादेवी खड्का (उपमेयर बर्दिबास), रामसवारत यादव (वडाध्यक्ष बर्दिबास), विजय महतो (वडाध्यक्ष बर्दिया), विन्देश्वर यादव (वडाध्यक्ष बर्दिबास), अक्कल तामाङ (बर्दिबास), प्रमोद मोक्तान (बर्दिबास) र लक्ष्मण सिंह (बर्दिबास) रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस