काँग्रेसका पूर्वक्षेत्रीय सभापति मल्ल पार्टीबाट निष्कासित « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काँग्रेसका पूर्वक्षेत्रीय सभापति मल्ल पार्टीबाट निष्कासित


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेस, बाँकेले पूर्व क्षेत्रीय सभापति नरबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ।

कोहलपुर बृहत्तर खानेपानी उपभोक्ता संस्थामा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरी अन्य उम्मेदवारको प्रचार-प्रसार गरेकाले क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिको कारबाही सिफारिस अनुसार मल्ललाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरेको अनुशासन समितिले जनाएको छ ।

पार्टीलाई क्षति पुग्ने कार्य गरेकाले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाइएको छ । मल्ल काँग्रेसका क्रियाशील सदस्य एवम् क्षेत्रीय प्रतिनिधि हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस