सीटीईभीटीले चिकित्सा शिक्षा आयोगको निर्णय नमान्ने, अघि बढाउँदै भर्ना प्रक्रिया  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सीटीईभीटीले चिकित्सा शिक्षा आयोगको निर्णय नमान्ने, अघि बढाउँदै भर्ना प्रक्रिया 


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले चिकित्सा शिक्षा आयोगको निर्णय नमान्ने भएको छ । आयोगको परिपत्रमा भनेअनुसार प्रमाणपत्र तहका कार्यक्रमको भर्ना नरोक्ने सीटीईभीटीले सूचनामार्फत जनाएको छ । 

आयोगको पत्रको भ्रममा नपरी सीटीईभीटीले निर्धारण शैक्षिक सत्र २०८०-०८१ को भर्ना प्रक्रियामा सहभागी हुन सूचनामा भनिएको छ । 

यसअघि आयोगले मापदण्ड नपुगेका कलेजहरूमा सिट निर्धारण नगर्न र भर्ना प्रक्रिया अघि नबढाउन सीटीईभीटीलाई निर्देशन दिएको थियो । चिकित्सा शिक्षा अध्ययन गराउने कलेजहरूको मापदण्ड र अपग्रेडिङको विषय आफ्नो क्षेत्राधिकारभित्र पर्ने आयोगको दाबी छ । 

सीटीईभीटीले भने भर्ना प्रक्रियाको सम्पूर्ण अधिकार परिषद् परीक्षा नियन्त्रण कार्यालयलाई नै हुने दाबी गरेको छ । सोही दाबीका आधारमा सीटीईभीटीले भर्ना प्रक्रिया अघि बढाउने जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस