कोशी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कोशी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट हेर्दाहेर्दैमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आजदेखि सुनुवाइ भएको यो रिट अब यही इजलासले टुङ्गो लगाउने भएको छ । कोशी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रहेका हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।

गएको असार २२ गते कोशी सरकार निर्माणका लागि त्यहाँका सभामुखले हस्ताक्षर गरेका थिए । प्रदेश प्रमुखले त्यसलाई मान्यता दिएका थिए । सभामुखको हस्ताक्षरसहितको कोशी सरकारलाई अवैध ठहर गर्न रिटमा माग गरिएको छ । त्यसअघिकै सरकार कायम गर्न पनि कार्कीले रिटमा माग गरेका छन् ।

सोमबार (हिजो) न्यायाधीशद्वय सुस्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिटको सुनुवाइ संवैधानिक इजलासले गर्ने वा पूर्ण इजलासमा पठाउने भन्ने बहस भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस