काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको सन्दर्भमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।
उनले गृहमन्त्रीको गैर जिम्मेवारीले हद नाघेको उल्लेख गरेका छन् ।
कम्बोडिया भ्रमणबाट फर्केका अध्यक्ष ओलीले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग गृहमन्त्रीले दिएको अभिव्यक्ति र उनको कार्यशैलीमाथि टिप्पणी गरेका हुन् ।
‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ । उहाँले एयरपोर्टमा सेक्युरिटी बन्दोबस्त गर्नु भएको छ कि छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जानेहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ? अध्यक्ष ओलीले भने, ‘अनि क्विन्टलका क्विन्टलका सुन बाहिर जान्छ गृहमन्त्री कोटको गाला र टारको गालामा काँक्राको बियाँ टाँस्दै हुनुहुन्छ । यो अत्यन्तै अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैर जिम्मेवार छ । आफू गृहमन्त्री भएर यस्ता खालका गैर जिम्मेवार कुरा गरेर हिँड्ने ?’
गृहमन्त्री श्रेष्ठले सुन पक्राउ परेपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि टार, कोट र ’पार्टीले पनि यसको छानबिनमा रोक्न नसक्ने बताएका थिए । गृहमन्त्री श्रेष्ठले दिएको यही अभिव्यक्तिप्रति संकेत गर्दै अध्यक्ष ओलीले यत्रो घटना हुँदा गृहमन्त्रीको भूमिका के थियो त्यसमाथि नै आशङ्का गरेका छन् ।
सम्बन्धित समाचार : सुनकाण्डको अनुसन्धानका लागि विभागद्वारा प्रहरीसँग सहयोग माग
सम्बन्धित समाचार : पुरस्कारको व्यवस्थाले सय किलो सुन समात्यौँ : अर्थमन्त्री महत
सम्बन्धित समाचार : सुन तस्करीमा पक्राउ परेका ३ कर्मचारीसहित ६ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप
सम्बन्धित समाचार : सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ
सम्बन्धित समाचार : सुन तस्करी सेटिङबिना सम्भव छैन, कुन तहसम्मको मिलेमतो छ भन्ने मात्रै हो
सम्बन्धित समाचार : सुन प्रकरणमा कार्गो सञ्चालक पक्राउ
सम्बन्धित समाचार : विमानस्थल भन्सार गोदाममा थप ६ कार्टुन फेला, सुन भएको आशङ्का
सम्बन्धित समाचार : सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुन्छ : गृहमन्त्री श्रेष्ठ
सम्बन्धित समाचार : गृहमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन
सम्बन्धित समाचार : सुन बरामद प्रकरणः पक्राउ परेकाहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
सम्बन्धित समाचार : सुन बरामद प्रकरणः थप एक जना चिनियाँ नागरिक पक्राउ
सम्बन्धित समाचार : एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी
सम्बन्धित समाचार : सुन बरामद प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा
सम्बन्धित समाचार : परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन (तस्बिरहरू)
सम्बन्धित समाचार : ब्रेकिंङ: थप सयौँ किलो सुन लुकाएको आशङ्कामा राजश्व महानिर्देशक विमानस्थलस्थित भन्सारमा
सम्बन्धित समाचार : सुन प्रकरणकाे छानबिनका लागि छ सदस्यीय समिति गठन
सम्बन्धित समाचार : सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
सम्बन्धित समाचार : विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद