डोटीमा प्रजिअ र प्रमुख सेनानीलाई सम्मान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटीमा प्रजिअ र प्रमुख सेनानीलाई सम्मान


९ श्रावण २०८०, मंगलबार


डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल र भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीलाई सम्मान गरेको छ ।

शैलेश्वरी क्षेत्र विकास समिति डोटीले प्रजिअ अर्याल र प्रमुख सेनानी कार्कीलाई सम्मान गरेको हो ।

डोटी जिल्लामा दुई साता अघि सरुवा भएर डोटीमा प्रमुख जिल्ला अधिकारीको रुपमा आएका प्रजिअ अर्याललाई डोटीमा स्वागत गर्दै सम्मान गरेको छ भने भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी कार्की सरुवा भएर सुर्खेत जान लागेकोले डोटीमा रहुन्जेल डोटीको समग्र क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शंकर भट्टले बताए ।

अध्यक्ष भट्टले डोटी जिल्लामा रहेका धार्मिक एवं पर्यटकीय शैलेश्वरी, खप्तड, सालमुनी लगायतका क्षेत्रको विकास प्रवर्द्धनका साथै खेलकुद क्षेत्रको विकासमा समेत टेवा पुर्‍याएको प्रमुख सेनानी कार्कीको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरेको बताए ।

डोटी जिल्लाको बसाई अवधिभर सबै क्षेत्रबाट पूर्ण साथ सहयोग पाएको डोटी सधै स्मरणयोग्य रहने र डोटीको विकासमा सदैव सहयोग गर्ने समेत प्रमुख सेनानी कार्कीले बताए ।

डोटी जिल्लाको समग्र क्षेत्रको विकासका सवालमा सबै तह तप्कासँग सहकार्य गरेर अघि बढ्ने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

डोटी जिल्लामा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको संरक्षण प्रवर्द्धन र विकास गर्न पूर्ण सहयोग रहने समेत प्रजिअ अर्यालले बताए ।

शैलेश्वरी क्षेत्र विकास समितिले गरेको सम्मान कार्यक्रम शैलेश्वरी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको थियो । कार्यक्रममा क्षेत्र विकास समितिका पदाधिकारी, पतञ्जलि योग समितिका पदाधिकारी, उद्योग बाजिज्य संघका पदाधिकारी, स्थानीय, सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस