प्रशासन प्रभाव : सच्चियो सहसचिवको सरुवा  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रशासन प्रभाव : सच्चियो सहसचिवको सरुवा 


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले सहसचिवको सरुवा सच्याएको छ । मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालका सरुवा सच्याएको हो । 

केही दिन अघि गरेको सरुवामा महानिर्देशक रही सकेका ढकाललाई उपमहानिर्देशकले नेतृत्व गर्ने चुरे उत्थानशील आयोजनामा पठाएको भन्दै चर्को आलोचना भएको थियो । जसबारे प्रशासन डटकमले समाचार प्रकाशन गरेको थियो । 

सम्बन्धित समाचार : सहसचिव सरुवामा कर्मचारी असन्तुष्टि, पार्टीको तुष कर्मचारीमा पोख्दै मन्त्री महतो 

उक्त समाचार प्रकाशन पनि मन्त्रालयले महानिर्देशक डा. ढकालको सरुवा सच्याएर मन्त्रालयमा गरेको छ । वन मन्त्रालय स्रोतका अनुसार अब केही समयभित्रै महाशाखा तोकिने छ । 

महत्त्वपूर्ण मन्त्रालयको रूपमा बनमा पछिल्लो समय कर्मचारी व्यवस्थापनकै कारण जहिल्यै किचलो हुँदै आएको छ । राजनीतिक र प्रशासनिक नेतृत्वमा आउनेहरूको अल्प बुझाई र आ–आफ्नै इन्ट्रेष्टका कारण यो मन्त्रालय हुनुको औचित्य प्रमाणित गर्न नसकेको वन अधिकारीहरूकै गुनासो रहँदै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस