धरौटीमा रिहा भइन् डाक्नेश्वरीकी उपप्रमुख यादव « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

धरौटीमा रिहा भइन् डाक्नेश्वरीकी उपप्रमुख यादव


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादव धरौटीमा रिहा भएकी छिन्।

​जिल्ला अदालत सप्तरीका न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले सोमबार उपप्रमुख मीरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। ​

नागरिकतासम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेकी यादवले अदालतको फैसलाप्रति सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै अदालतबाट प्रारम्भिक न्याय पाएको बताइन्।

जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी गरेको ८ महिना बितिसक्दा समेत कारबाही प्रक्रिया अघि नबढेको बन्दै सोही नगरपालिका-४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेस राजविराज नगरपालिका–९ का ५७ वर्षीय परमेश्वर यादवमार्फत उच्च अदालतमा मुद्दा दायर गरेका थिए।

सम्बन्धित समाचार : उपमेयर यादवलाई थप पाँच दिन थुनामा राख्न अनुमति

सम्बन्धित समाचार : उपमेयर यादवलाई तीन दिन थुनामा राख्न अनुमति  

सम्बन्धित समाचार : नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ

सम्बन्धित समाचार : उपमेयर यादवविरुद्ध किर्ते नागरिकताको आरोपमा मुद्दा दर्ता

Tags :
प्रतिक्रिया दिनुहोस