मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउँछ : अर्थमन्त्री « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउँछ : अर्थमन्त्री


८ श्रावण २०८०, सोमबार


भन्सारबाट हुने अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वय आवश्यक : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरेका छन्।

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताएका हुन्।

उनले आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलोपनलाई सम्बोधन गरिएको बताए। उनले अब निजी क्षेत्रमा लगानी सहज हुने र ब्याजदर घट्दै जाने बताए।

उनले वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि बताए। उनले अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबीसमेत गरे। उनले सरकार विसङ्गतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको बताए।

उनले भने, ‘हिजो मात्रै मौद्रिक नीति सार्वजनिक भएको छ, मैले पटक(पटक मौद्रिक नीति घोषणा गर्दा ब्याजदरमा खुकुलो पन ल्याउनुपर्छ भन्दै आएको थिएँ। त्यही खुकुलो आएको छ। अरु पनि केही पहलहरू भएका छन्। त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ। ब्याजदर कम भएर जान्छ। लगानीको वातावरण सहज बनाउँछ।’

Tags :
प्रतिक्रिया दिनुहोस