नापतौलमा ठगी गर्ने ११ हजार व्यापारी कारबाहीमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नापतौलमा ठगी गर्ने ११ हजार व्यापारी कारबाहीमा


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । अनियमित नापतौल तथा नाप्ने-तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार चार सय ९१ व्यापारीलाई कारबाही गरिएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले आर्थिक वर्ष ०७९-८० मा अनियमित रूपमा नाप्ने-तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरूलाई कारबाही गरेको हो।

समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस