इटालीको रोममा प्रधानमन्त्री प्रचण्ड  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

इटालीको रोममा प्रधानमन्त्री प्रचण्ड 


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड संयुक्त राष्ट्रसङ्घको खाद्य प्रणालीसम्बन्धी कार्यक्रममा सहभागी हुन इटालीको रोम पुगेका छन् ।

उनी शनिबार काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार स्थानीय समयअनुसार आइतबार बिहान साढे ७ बजे प्रधानमन्त्री इटाली पुगेका हुन् । 

प्रधानमन्त्रीलाई अष्ट्रियाका लागि गैर आवासीय नेपाली राजदूत भरतकुमार रेग्मी र इटालीको परराष्ट्र मन्त्रालयका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । 

अतिकम विकसित राष्ट्र समूहको अध्यक्षको हैसियतमा राष्ट्रसङ्घको कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्ड सम्बोधन गर्ने छन् । 

नेपाल पाँच वर्षका लागि अतिकम विकसित राष्ट्रहरूको विश्व समन्वय ब्युरोको अध्यक्ष छ ।

Tags :
प्रतिक्रिया दिनुहोस