काँग्रेस केन्द्रीय समितिमा समाजवादी मोर्चाबारे शेखरले उठाए प्रश्न   « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

काँग्रेस केन्द्रीय समितिमा समाजवादी मोर्चाबारे शेखरले उठाए प्रश्न  


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले समाजवादी मोर्चाबारे प्रश्न उठाएका छन्।

आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोइरालाले समाजवादी मोर्चा किन बनेको हो भन्ने प्रश्न राखेका हुन्।

‘समाजवादी मोर्चा किन बनेको हो ?,’ उनले प्रश्न गरे, ‘गठबन्धन भित्रबाटै बनेको यसको औचित्य के होरु’

गठबन्धनभित्र रहेको नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र गठबन्धन बाहिरको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा बनाइएको थियो। 

यो मोर्चाको औचित्य खोज्नुपर्ने कोइराला बताउँछन्।

साथै उनले काँग्रेसमा एकताबद्ध हुनका लागि आह्वानसमेत गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस