Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रा.वा. बैंक कर्मचारी सङ्घ नेपालको ३४ औ वार्षिकोत्सव सम्पन्न


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालको ३४ औँ वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

शनिबार नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एक समारोहका बीच ३४ औँ वार्षिकोत्सव मूल कार्यक्रमको समुद्घाटन गरेका थिए । सो अवसरमा महासचिव पोखरेलले उत्कृष्ट कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरी सकेका संस्थानहरूका कर्मचारीको सेवा सुविधा वृद्धिमा सरकारले सहयोगपूर्ण रूपमा हेर्ने नीति लिनुपर्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेयले कर्मचारीहरूको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरू व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए ।

सो कार्यक्रममा पेशागत महासङ्घ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालेले आफ्नो हक हितको लागि सम्पूर्ण पेसाकर्मीहरू एक हुनुपर्ने बताउनुभयो । सो कार्यक्रममा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी सङ्घ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी सङ्घ नेपालका पूर्व अध्यक्ष शिवकुमार अधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ रा.वा. बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रा.वा. बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पेसागत हक, हित तथा संस्थाको सम्बद्र्धनका विषयमा व्यापक रूपमा विषयहरू उठान गरिएको थियो ।

कर्मचारी सङ्घ नेपालका महासचिव रबिन्द्रप्रसाद चौलागाईंले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठक, सङ्घका पूर्व अध्यक्षहरू, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड युनियनका अध्यक्षहरू, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृतहरुहरु, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरू, सङ्घका पदाधिकारीहरू लगायत कर्मचारीहरूको भव्य उपस्थिति रहेको थियो । वार्षिकोत्सवको अवसरमा रा.वा. बैंकको केन्द्रीय कार्यालय परिसरमा लक्ष्मीप्रसाद पाण्डेयले सङ्घको झण्डोत्तलन र वृक्षारोपण गरेका थिए । सङ्घका विभिन्न प्रदेश समितिहरूमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको छ ।

साउन ४ गते आयोजित रक्तदान कार्यक्रममा ७१ जना बैंक कर्मचारीहरूले रक्तदान गरेका छन् । कार्यक्रममा गण्डकी प्रादेशिक समितिलाई कार्यसम्पादन मूल्याङ्कनमा उष्कृष्ठ भएपावत रनिङ्ग शिल्ड प्रदान गरिएको थियो । साथ,ै सो अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता सञ्चालन गरिएको थियो । सो खेलमा प्रथम बसन्ता पन्थी, द्वितीय भावना शर्मा र तृतीय गङ्गा भुर्तेल भएका छन् । विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा राविया नेपाल रिलिफ फण्डको सहयोगार्थ शनिवार काठमाडौँमा राविया सांस्कृतिक साँझ-२०८० समेत आयोजना गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस