परीक्षामार्फत प्रधानाध्यापक नियुक्त गर्ने तयारी, परीक्षा तालिका सार्वजनिक « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

परीक्षामार्फत प्रधानाध्यापक नियुक्त गर्ने तयारी, परीक्षा तालिका सार्वजनिक


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले परीक्षामार्फत प्रधानाध्यापक नियुक्त गर्ने भएको छ ।

नगरपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि साउन १८ गते परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ ।

बुढानीलकण्ठभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत स्थायी शिक्षकहरूले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

आवेदकले आधारभूत तहको लागि स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र माध्यमिक तहको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको व्यक्तिले प्रधानाध्यापकमा आवेदन दिन पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस