कानुन सचिव ज्ञवालीले लिए अवकाश, पहिलो महिला कानुन सचिव बन्ने अवसर गडतौलालाई « प्रशासन
Logo ३ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कानुन सचिव ज्ञवालीले लिए अवकाश, पहिलो महिला कानुन सचिव बन्ने अवसर गडतौलालाई


५ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला सचिव धनराज ज्ञवाली अवकाश भएका छन् । २०४३ साल वैशाख १५ गते न्याय सेवाको खरिदारबाट निजामती सेवामा प्रवेश गरेका ज्ञवाली ३७ वर्ष २ महिना व्यथित गर्दै शुक्रवार(आज)देखि अनिवार्य अवकाश भएका हुन् । सचिव ज्ञवालीलाई कानून मन्त्री धनराज गुरुङले मायाको चिनोसहित बिदाई गरेका छन् ।

६ वर्ष नायव सुब्बा, शाखा अधिकृत ६ वर्ष, उपसचिव १४ वर्ष, ७ वर्ष सहसचिव र त्यसपछि सचिव पदमा रही काम गरेका ज्ञवालीले जागिरे अवधिमा सचिव भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सहसचिव रहँदा कानुन मन्त्रालय, कानुन आयोग र गृह मन्त्रालयमा काम गरे । 

संविधान र सङ्घीयताबारे विशेष जानकार मानिने ज्ञवालीले कर्मचारी समायोजनमासमेत काम गरेका थिए । 

ज्ञवालीको अवकाशसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा लीला देवी गडतौला ल्याउने तयारी रहेको बुझिएको छ । यससँगै नेपाल कानुन आयोगको सचिव रहेकी गड्तौला पहिलो महिला कानुन सचिव हुने भाग्यमानी सचिवको अवसर पाउँदै छिन् । 

कानुनतर्फ सिनियरमोष्ट सचिवका रूपमा रहेका उदयराज सापकोटा(हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत) डेढ वर्ष कानुन मन्त्रालयमा बसिसकेका छन् भने त्यसपछिका ज्ञवालीले शुक्रवारदेखि कानुन मन्त्रालयबाटै अवकाश लिएसँगै सिनियरमोष्टका हिसाबले गड्तौलालाई नै ल्याउने तयारी रहेको मन्त्रालयका एक उच्च अधिकारीले प्रशासनलाई बताए । ‘सिनियारिटीका हिसाबले मात्रै होइन, पहिलो महिला कानुन सचिवसमेत हुँदै हुनुहुन्छ’ ती अधिकारीले भने, ‘स्वभाविक र समावेशिताका हिसाबले पनि सरकार यो अवसरबाट चुक्छ भन्ने मलाई लाग्दैन’

सापकोटाले एक पटक नेतृत्व गरिसकेकोले पुनः दोहो¥याएर लैजाँदा विकल्प नै नभएको जस्तो देखिने र स्वभाविकरुपमा लाइनमा रहेकी गड्तौलाई नदिँदा महिला भएकै कारण नेतृत्व गर्न पाउने अवसरबाट विमुख गराएको सन्देश जाने भएकोले पनि गड्तौला निर्विकल्प जस्तै भएका दाबी ती अधिकारीको छ । 

२०७७ कार्तिकमा सचिव पदमा बढुवा भएकी गड्तौला शाखा अधिकृत, उपसचिव र सहसचिव सम्मै १७ वर्ष कानुन मन्त्रालय बसिसकेकी छिन् । गड्तौलाको अवधि १३ महिना बाँकी छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस