एसिया कप : नेपाली क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एसिया कप : नेपाली क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने


५ श्रावण २०८०, शुक्रबार


काठमाडौँ ।  एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक सूचना जारी गर्दै १५ दिनसम्म खेलाडीलाई श्रीलंकामा विशेष तयारी गराउने जनाएको छ।

एसिया कपलाई लिएर निकै उत्साहित बनेको नेपाली टोलीले उत्कृष्ट फर्म कायम गर्नका लागि भन्दै श्रीलंकामा १५ दिनसम्म ‘स्पेसल हाई–पर्फमेन्स क्याम्प’ सञ्चालन गर्ने क्यानले उल्लेख गरेको छ।

‘खेलाडीहरूलाई अनुभवी प्रशिक्षक तथा स्पोर्टस् स्टाफबाट प्रशिक्षित पनि गराइनेछ,’ क्यानले उल्लेख गरेको छ । नेपालमा वर्षात्‌मा क्याम राखेर ट्रेनिङ दिन पनि असहज हुने भएकाले श्रीलंकामा विशेष तयारी गराउन लागिएको हो। अहिले श्रीलंकामै रहेको नेपाली टोली १५ दिन ट्रेनिङ सकाएपछि मात्रै नेपाल फर्किने भएको छ। सो क्रममा नेपाली टोलीले ४ अभ्यास खेल खेल्ने बताइएको छ।

एसिया कप क्रिकेट आगामी अगस्ट ३० देखि पाकिस्तान र श्रीलंकामा हुँदैछ। नेपालले पहिलो खेल घरेलु टोली पाकिस्तानसँग अगस्ट ३० मै खेल्दैछ। भारतसँग भने श्रीलंकामा सेप्टेम्बर ४ मा खेल्दैछ। नेपालको समूहमा भारत, पाकिस्तान छन्। अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।

दुवै समूहका शीर्ष २ टोली सुपर चारमा प्रवेश गर्नेछन्। सुपर चारमा हरेक टिमले अर्को टिमसँग खेल्नेछ र शीर्ष २ टिमले फाइनल खेल्नेछन्

Tags :
प्रतिक्रिया दिनुहोस