सुनको मूल्य तोला ८ सयले घट्यो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुनको मूल्य तोला ८ सयले घट्यो


५ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य ८ सयले घटेर तोलामा प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको कारोबार प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा भइरहेको छ ।

यस्तैगरी, आज चाँदी १५ रुपैयाँले घटेर तोलामा १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस