समायोजन भएका कर्मचारीलाई फिर्ता पठाउन रोक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

समायोजन भएका कर्मचारीलाई फिर्ता पठाउन रोक


३ श्रावण २०८०, बुधबार


काठमाडौँ । समायोजन भएका कर्मचारीलाई फिर्ता पठाउन रोक लगाइएको छ । स्थानीय तहहरूले समायोजन भएर गएका कर्मचारीलाई धमाधम फिर्ता पठाउन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसमा रोक लगाएको छ।

कर्मचारी समायोजन ऐन २०७५ बमोजिम विभिन्न स्थानीय तहमा समायोजन तथा समायोजन मिलान भई कार्यरत केही कर्मचारीलाई कतिपय स्थानीय तहले विभिन्न बहानामा फिर्ता पठाएपछि रोक लगाउनु परेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मङ्गलवार ७५३ वटै स्थानीय तहलाई एकमुष्ट सम्बोधन गर्दै कार्यरत कर्मचारीलाई फिर्ता नगर्न भनेको हो। यस्तो अभ्यास कानुन प्रतिकूल रहेको मन्त्रालयले परिपत्रमार्फत जनाएको छ।

‘प्रचलित कानुनी व्यवस्थाबमोजिम समायोजन भएका कर्मचारीहरूलाई उक्त कानुनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्न नमिल्ने भएकाले निजहरूलाई साबिकबमोजिम हाजिर गराई व्यवस्थापन गर्नु हुन मन्त्रालयको निर्णयानुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस