बेरोजगार उत्पादन गर्ने विश्वविद्यालय किन चाहियो ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बेरोजगार उत्पादन गर्ने विश्वविद्यालय किन चाहियो ?


३ श्रावण २०८०, बुधबार


काठमाडौँ  । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकूल नभएको बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद भण्डारीले नेपालको शिक्षा नीति अरूका लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताए। नेपालको शिक्षा नीति समयानुकूल नहुँदा विद्यार्थीहरू विदेश पलायन भइरहेको उनको भनाइ थियो ।

सांसद भण्डारीले प्राथमिक, क्याम्पस र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनौती रहेको भन्दै समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिए । उनले विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने सञ्चालन भइरहनुको अर्थ नरहेको जिकिर गरे । उनले नतिजा समयमा ननिस्किने, परीक्षा समयमा नहुने, विद्यार्थीहरूले समयमा नै पाठ्यपुस्तक नपाउने लगायतका समस्या अहिले पनि विद्यमान रहेको बताए ।

उनले भने, ‘नेपालको शिक्षा नीति अरूका लागि उत्पादन गरिदिने थलो भयो, नेपालका लागि र नेपालीका लागि केही गर्न सकेन । अहिले हाम्रा युवाहरू विदेश जान्छन्, त्यही शिक्षाको परिणाम हो यो । हामीले पाठ्यक्रम पनि राम्रो बनाउन सकेनौँ । विश्वविद्यालय बन्द गरौँ, किन तलब खुवाएर राख्ने, बेरोजगार उत्पादन गर्ने विश्वविद्यालय किन चाहियो ? यो मैले सात वर्षअघि भनेको हो, अझै पनि त्यही छ ।’

सांसद भण्डारीले नेपालमा कुन शिक्षाको प्रणाली अपनाउने हो त्यो स्पष्ट हुनुपर्ने बताए । उनले नेपालमा नयाँ तरिकाबाट शिक्षाका बारेमा नसोचेसम्म विद्यार्थीहरू पलायन हुने क्रम नरोकिने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस