२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा लम्पी स्किनको औषधि र खोप वडा वडामा

अ+ अ-

बलेवा । बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ ।

दुई हजार ९ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा.ऋषिराम सापकोटाले बताए ।

केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुका लागि खोप पठाएको छ । केन्द्र प्रमुख सापकोटाले नगर प्रमुख वसन्तकुमार श्रेष्ठको उपस्थितिमा पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटा र वडा तहका प्राविधिकलाई खोप र औषधि हस्तान्तरण गरे ।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले पशुधन बचाएर किसानको क्षति न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गरे । उनले पशु सेवाका प्राविधिकले रातदिन नभनी काम गरेकोमा प्रशंसा पनि गरेका थिए ।

लम्पी स्किन रोगबाट बागलुङका एक सय ६६ गाईको मृत्यु भएको छ । लम्पी स्किन रोग लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा एक१ सय चार डिग्रीभन्दा बढी ज्वरो आउने भएपछि कतिपय पशुको मृत्यु भएको हो । एक दुई वटा गाईगोरु पालेका किसानको मा भन्दा व्यावसायिक गाई फार्म गरेका किसानका गाईगोरु धेरै बिरामी भएका हुन् । बिरामी पर्ने र मृत्यु हुने पनि अधिकांश उन्नत जातको गाई रहेको सापकोटाले बताए ।

वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलो पटक सङ्क्रमण देखिएको थियो । त्यसपछि क्रमशः अन्यत्र फैलिएको हो । पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ । मृत्यु भएका पशुको कारण किसानले लाखौँ क्षति व्यहोरेका छन् । अहिले पनि ढोरपाटन नगरपालिकाका एक हजार दुई सय गाईगोरु बिरामी छन् । निसीखोलाका पाँच सय १३, गलकोट नगरपालिकाका एक सय ४२, बडिगाड गाउँपालिकाका एक सय ८१ र तमानखोलाका एक सय ८९ गाई बिरामी परेका हुन् । सदरमुकाम बागलुङ नगरपालिकामा पनि दुई सय २१ गाई बिरामी छन् ।

सङ्क्रमण बढेपछि स्थानीय तहले केही खोप किनेर लगाएका थिए । भेटेरिनरी अस्पतालले चार हजार पाँच सय डोज खोप पालिका तहमा पठाएको हो । सबैभन्दा धेरै सङ्क्रमण भएको ढोरपाटनमा प्राविधिक अभावमा खोप लगाउन नसकिएको सापकोटाले जानकारी दिए ।

‘भाइरसबाट सर्ने यो रोग बिफरजस्तै हो’, सापकोटाले भने, ‘किर्ना, डाँस, भुसुना र लामखुट्टेबाट पशुमा यो सङ्क्रमण बढ्ने गरेको छ ।’ गोठ फोहोर हुँदा पनि सङ्क्रमण बढी हुने गरेको बताइएको छ । यो रोग प्रायः गर्मी मौसम र भूगोलमा बढी हुने गरेको हो ।