९ अङ्कले बढेर नेप्से सूचक २१ सय ५४ अङ्कको विन्दुमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

९ अङ्कले बढेर नेप्से सूचक २१ सय ५४ अङ्कको विन्दुमा


२ श्रावण २०८०, मंगलबार


शेयर बजार

काठमाडौँ ।  मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ९ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ९.९१ अङ्कले बढ्दै २१ सय ५४.०७ अङ्कको विन्दुमा उक्लिएको हो । 

अघिल्लो दिन ४७.०७ अङ्कले बढ्दै नेप्से सूचक २१ सय ४४.१६ अङ्कको विन्दुमा अडिएको थियो । 

यद्यपि, अघिल्लो दिन २ अर्ब ५६ करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार हुँदै गर्दा आज बढेर ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  

आज बैंकिङ, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक बढ्दैगर्दा यता डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् । 

आज पनि बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लार्ज क्याप फन्डको मूल्य ५.१४ प्रतिशतले घटेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस