२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अन्तिम अवस्था कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो, तर सीताले मृत्यु सामान्य रोजिन्’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जीवन संगीनीको मृत्यु शान्त र सहज भएको बताएका छन् ।

जीवन संगीनी सीता दाहालको निधनको शोक मनाउन आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित श्रद्धाञ्जलीसभामा उनले आफूलाई पत्नी सीताको अन्तिम अवस्था कष्टप्रद हुन्छ कि भन्ने चिन्ता रहेको तर उनको मृत्यु शान्तिपूर्ण रहेको बताए।

लिखित सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले भने ‘ थला नै परेपछि अन्तिम अवस्था दुखदायी र कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो । आईसीयू वा भेन्टीलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता थियो । तर, बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि शान्त रोजिन् ।’

उनले बिहान सात बजे मात्रै सीतालाई अस्पताल पुर्‍याएको र साढे आठ बजे नै उनले प्राण त्यागेको सुनाए । उनले भने ‘साढे सात बजे हामीले हस्पिटल लगेको थियौं, साढे आठमा हामी सबैबाट बिदा भइन् ।’

उनले आफ्नो दुखको क्षणमा पाएको सद्भाव र सह्दयताप्रति आभार व्यक्त गर्दै सबैलाई धन्यवाद दिए ।

‘मेरो जीवनसाथी एवम् सहयोद्धा कमरेड सीता दाहालको निधन भएकामा सबैको साथ र समवेदनाले यो पिडाबाट निस्किन हामीलाई मद्दत मिलेको छ । साथै, देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं ।’

मञ्चमा प्रधानमन्त्री दाहाल दायाँबायाँ दुई छोरी रेणु दाहाल र गंगा दाहालसँग बसेका थिए । उनीहरू तीन जनाले सेतो वस्त्र लगाएका थिए । कार्यक्रमको माहोल भावुक थियो । श्रद्धाञ्जली कार्यक्रममा सभामुख देवराज घिमिरे तथा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल तथा डा. बाबुराम भट्टराई पनि मञ्चमा बसेका थिए ।

कार्यक्रममा सीता दाहालको जीवनमा आधारित भिडिओ समेत देखाइको थियो । सो क्रममा कार्यक्रममा सहभागी अधिकासंका आँखा भिजेका थिए ।

प्रतिक्रिया दिनुहोस